काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,’ उनले भने ।
उनले सेवा प्रदायकलाई निःशुल्क गरिदिन आग्रह गरे । उनले भने ‘अब त पुग्यो होला नि, उठाउने जति आम्दानी भइसक्यो होला । म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।



प्रतिक्रिया