काठमाडौं, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ।
बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा बोलाएको छ।



प्रतिक्रिया