काठमाडौं, असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डले यसवर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए । बोर्डको वेबसाइट result.neb.gov.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।



प्रतिक्रिया