प्रधानमन्त्री बालेनले दिए मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी सहितको भिडियो सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट गर्दै यात्रासम्बन्धी विस्तृत जानकारी दिएका छन्। यसअघि उनले अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गरेर सो क्षेत्रलाई चर्चामा ल्याएका थिए।