काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।
दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ ।
मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण पनि हुने बताइएकाे छ ।



प्रतिक्रिया