काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेका छन् । रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालका प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ भन्दै तारिफ गरे ।
‘प्रधानमन्त्रीप्रति जनताको यस्तो माया ईतिहासमा कहिल्यै देखिएको थिएन । यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा हामीले पाएका छौँ । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ ,’ राउतले भने ।
प्रधानमन्त्री शाहलाई हिमाल पहाड मधेस सबैतिरका जनताले अगाध माया गरेको उनको भनाइ छ ।



प्रतिक्रिया