काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले रास्वपाले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले पार्टीका लागि मात्र नभएर देशकै लागि महत्त्व राख्ने बताएका छन् ।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको बताए ।
उनले सुशासन, पारदर्शिता र राज्य सञ्चालनमा विधिको शासन स्थापित गर्ने विषयमा दुवै दलबीच समान दृष्टिकोण रहेको बताउँदै यस्ता एजेन्डामा सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।
‘सुशासनको एजेन्डा दुवैका बीचमा मिल्छन् । सुशासन, पारदर्शिता र थिति बसाउन हामी रास्वपासँगै रहने प्रतिबद्धता व्यक्त गर्छौं’, पुनले भने । प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधानको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा र सुधारका प्रयास अघि बढाउन उनले रास्वपालाई आग्रह गरे ।



प्रतिक्रिया