मुग्लुखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


सुर्खेत । रुकुम पश्चिमको मुग्लुखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका १, सहिद मैदान बस्ने २५ वर्षीय सुन्दर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गए राति ११ बजे साथीसँग ब्याट्रीसहित करेन्ट लगाएर माछा मार्न गएको बेला एक्कासि करेन्ट लागेको थियो । उनलाई घाइते अवस्थामा सल्ले अस्पताल लगेर चेकजाँच गर्ने क्रममा बिहान ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानएको छ ।,