काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ । पूर्वमन्त्री समेत रहेका ८० वर्षीय खरेल बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत थिए । २००३ सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेलकोे आइतबार राति पौने १० बजे निधन भएको हो ।
पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा पुर्याइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
सभापति गगन थापा कार्यालयमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि त्यहाँबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्याइने तय भएको छ ।
खरेल २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२र२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।



प्रतिक्रिया