नवलपरासी । नवलपरासीमा २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
बरामद सामानमा ४७ वटा कार्टुनमा राखिएका २३ हजार ५ सय पिस मोबाइल टेम्पर ग्लास र ३२ कार्टुनमा राखिएका ९८४ प्याकेट हुक्कामा प्रयोग गरिने विभिन्न फ्लेवर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया