काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शाह बसिरहेको लटौली स्याङ्चुरी रिसोर्टमा सोमबार बिहानैदेखि दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।
बिहान ८ः३० बजेबाट बन्दसत्र सुरु गर्ने कार्यतालिका तय गरिए पनि शीर्ष नेतृत्वबीचको छलफल जारी रहेकाले कार्यक्रम अझै सुरु हुन सकेको छैन ।
बन्दसत्र सुरु हुनुअघि महत्त्वपूर्ण छलफलमा जुटेका रवि-बालेनबीच पार्टीको आगामी रणनीति, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक एजेन्डाबारे छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया