सुझाव संकलनका लागि एमाले नेताहरु सुर्खेतमा


काठमाडौं । नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमका लागि केन्द्रीय तहका नेता सुर्खेतमा पुगेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णू पौडेल र पृथ्वीसुब्बा गुरुङ सुर्खेत पुगेका हुन् ।

सोमबार दिउँसो पुनर्गठन सम्बन्धी सुझाव संकलनार्थ कार्यक्रम भनेर वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको छ ।

जहाँ एमाले कर्णालीका इन्चार्ज यामलाल कँडेलदेखि प्रदेश तहका नेता पनि सहभागी रहने जनाइएको छ ।