काठमाडौं, असार ८ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले भोलि काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई आज नेपालगञ्ज लगिएको छ । नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत भोली काठमाडौं ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका उनलाई सुरुमा सडकमार्गबाट काठमाडौं ल्याउने तयारी भएपनि राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय अनुसार भोली जहाजमार्फत काठमाडौं ल्याइने छ ।



प्रतिक्रिया