इराकलाई ३ गोलले हराएर फ्रान्स नकाउट चरणमा प्रवेश


काठमाडौं, असार ९ । फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३ गोलले हरायो । यो खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गरे ।

उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थपेसँगै फ्रान्सले ३ गोलको अग्रता बनायो । त्यसपछि थप गोल हुन सकेन ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । फ्रान्स २ खेलमा ६ अङ्क बनाएर नकआउट चरणमा पुगेको हो ।