काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल ब्राण्ड जीडब्लुएम अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजमा सोमबार एक विशेष समारोहकाबीच उक्त गाडी सार्वजनिक गरिएको हो।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षा, स्मार्ट प्रविधि र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्नेछ।
कम्पनीले ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध गराएको छ। प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

ओरा ५ ईभीको प्रमुख विशेषतामा एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म रेञ्ज उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेफ-टु-हिट पेन्ट टेक्नोलोजी जस्ता आधुनिक फिचर समावेश छन्।
सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५-स्टार एएनक्याप तथा ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। साथै गाडीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम , लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल लगायत ३३ भन्दा बढी सुरक्षा फिचर उपलब्ध छन्।
जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा विस्तार भएको छ । कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।

सार्वजनिक गरिएको समारोहमा कम्पनीका प्रतिनिधिहरूले सम्बोधन गर्दै नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न विश्वस्तरीय प्रविधि, उच्च सुरक्षा र प्रिमियम अनुभव नेपाली ग्राहकसम्म ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूका अनुसार ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित तथा वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभिको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजारमध्ये एकका रूपमा छनौट गरिएको कम्पनीले जनाएको काम । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मोडलमध्येको एक रहेकोे ओरा ५ मा आधुनिक प्रविधि , आकर्षक डिजाइन ,उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश गरिएको छ ।



प्रतिक्रिया