रास्वपा महाधिवेशन: प्रधानमन्त्रीको सचिवालयका सुदीप र प्रकृति केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौं । प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल र स्वकीय उप–सचीव प्रकृति ढकाल रास्वपाको महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । आजैबाट बन्द सत्र सुरु हुने बताइएको छ ।

हिजो सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण अघि बढ्न सकेको थिएन ।