पूर्वअर्थमन्त्री पौडेललाई सरकारी वकिलको कार्यालयमा लगियाे


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई हिजो सुर्खेतबाट पक्राउ गरि आज बिहानै काठमाडौँ ल्याइएको थियो ।

सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ।