चितवन । भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएको छ ।
बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।
बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ। बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ।



प्रतिक्रिया