इनरुवा (सुनसरी), १० असार । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई २३ लाख १४ हजार ६०५ राहत रकम वितरण गरिएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जङ्गली जनावारले विभिन्न प्रकारका क्षति पु¥याएकाले सो रकम प्रदान गरिएको हो । जङ्गली जनावरले असोज महिनामा सबैभन्दा बढी क्षति पु¥याएको आरक्षका अधिकृत अङ्कीत पौडेलले जानकारी दिए ।
असोज महिनामा १२ लाख ३८ हजार ६०५ राहत वितरण गरिएको छ । जङ्गली जनावरको आक्रमणमा समान्य घाइते भएकालाई आठ हजार ६०५, भण्डारण गरिएको अन्नको क्षतिबापत १२ हजार घरगोठको क्षतिबापत २६ हजार अन्नबालीको क्षतिबापत ११ लाख ९२ हजार मानिसको मृत्युबापत वैशाखमा १० लाख राहत रकम वितरण गरेको हो ।
गत वैशाख महिनामा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको र मृत्यु’बापत पीडित परिवारलाई १० लाख राहत रकम वितरण गरिएको थियो ।
कात्तिकमा अन्न बालीको क्षतिबापत २४ हजार ५०० फागुनमा घरगोठ क्षतिबापत १४ हजार र अन्नबालीको क्षतिबापत ३७ हजार ५०० गरी कूल ५१ हजार ५०० राहत वितरण गरिएको थियो ।



प्रतिक्रिया