काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालू आवका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आवमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको उनले जानकारी दिइन् ।
गत वर्षको तुलनामा चालू खर्चतर्फ करिब २८ करोड रुपैयाँ बढ्ने महानगरले प्रक्षेपण गरेको छ । यो रकम चालू वर्षको तुलनामा ९ प्रतिशत बढी हो ।
यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालू आवमा यस्तो खर्च ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन भएको थियो ।



प्रतिक्रिया