कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।
विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।
नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।पछिल्लो समय धनगढीका विभिन्न होटलमा यौनधन्दा चलिरहेको आरोप लाग्ने गरेको छ । सोही सूचनाको आधारमा बुधबार विशेष अभियान चलाइएको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न होटलहरुमा छापा मारिएको थियो । जसमा महिला र पुरुष गरी ३० जना पक्राउ परेका थिए ।



प्रतिक्रिया