चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावअन्तर्गत पहिलो चरणको मतदान सकिएको छ । कुल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले भोट हालेको विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिए ।
केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले बताएको छ । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा थिए । रास्वपाका १३५२ जना प्रतिनिधिले भने मतदान नै गरेनन् ।



प्रतिक्रिया