काठमाडौं, असार १२ । पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको खानामा किरा भेटिएपछि एक होटललाई रु ५० हजार जरिवाना गरिएको छ।
बर्दघाटस्थित रोयल कटेज रेस्टुरेन्टमा खाना खानेक्रममा भण्डारीको खानामा रहेको सागमा शंखे किरा भेटिएको थियो। त्यसपछि होटललाई रु ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
बालमैत्री घोषणाका लागि बर्दघाट नगरपालिकाका विभिन्न वडामा भइरहेको अनुगमनकाक्रममा पुगेको भण्डारीसहितको टोलीले सोही होटलमा खाना खाएको थियो। अनुगमनकै गएको टोलीको खानामा किरा भेटिएपछि तत्कालै होटललाई कारबाही गरिएको हो।
अनुगमनका क्रममा होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरेको र प्रयोग भएका सामग्रीसमेत अस्वस्थकर अवस्थामा रहेको पाइएको छ ।



प्रतिक्रिया