काठमाडौं, असार १२ । प्रतिनिधि सभा बैठक आज पनि स्थगित भएको छ । प्रतिनिधि सभाले शनिबार बिहान ११ बजेका लागि बस्ने गरी नयाँ सूचना जारी गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सो समयमा बस्न नसक्ने भएकाले शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
यसअघि बिहीबारका लागि बैठक बस्ने मिति तोकिएकोमा स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र मन्त्री महाधिवेशनका लागि चितवनमै हुँदा आज बैठक बस्ने सम्भावना न्यून रहेकाले अन्तिम समयमा आएर सूचना टासेर बैठक स्थगित गरिएको हो ।



प्रतिक्रिया