सालक बागमती प्रदेशको गौरव


बागमती, १२ असार । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका रुपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा सालकलाई प्रदेशको गौरवको प्राणीका रूपमा संरक्षण गर्न विशेष कार्यक्रम ल्याइने आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

सरकारी संरचना निर्माणमा प्रदेशमा उत्पादित स्वदेशी काठको प्रयोगलाई अनिवार्य गरिने बजेटमा उल्लेख गरिएको छ ।

जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री तथा बायोइन्जिनियरिङ प्रविधिको प्रयोग र एकीकृत जलाधार व्यवस्थापन गरिने सरकारले जनाएको छ ।

उपभोक्तासमक्ष स्थानीय बाली पु¥याउन एक जिल्ला एक सङ्कलन तथा प्रशोधन केन्द्र र पर्यटकीय भान्छाघर स्थापना गरिने मन्त्री तामाङले बताए । रासस