अब प्रतिनिधिसभा बैठक आइतबार मात्रै बस्ने

File Photo

काठमाडौं । प्रतिनिधिसभा बैठक पुन स्थगित भएको छ ।

भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।