चितवन । रास्वपा महाधिवेशन स्थलमा विवाद भएको छ । रौतहटबाट आएका प्रतिनिधिहरुले पदाधिकारीको लागि मतदान गर्न प्रवेश गर्न नपाएपछि महाधिवेशन स्थलमा विवाद भएको हो ।
९९ जना केन्द्रीय सदस्यलाई मतदान गरेर अस्ति घर गएका रौतहटका महाधिवेशन १० जना महाधिवेशन प्रतिनिधि ५ बजेर २ मिनेट जाँदा महाधिवेशन हलको गेटमा आइपुगेका थिए ।
तर, उनीहरू आउँदा आउँदै गेट बन्द भयो । त्यसपछि भोट हाल्न मधेशीलाई नदिएको भन्दै लफडा भएको थियो ।
यसबिच, केन्द्रीय निर्वाचन आयोगले टाढाबाट आएका प्रतिनिधिहरूलाई मध्यनजर गर्दै मतदान समय ३० मिनेट थप गरिएको जनाएको छ।



प्रतिक्रिया