एन्फाका पूर्वअध्यक्ष शेर्पा रिहा


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा रिहा भएका छन्।

उनलाई काठमाडौँ जिल्ला अदालतले तारेखमा छाडेको हो ।

शेर्पाले हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर लाभ लिएको आरोप छ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो।

विद्यालयका लागी सवारीसाधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारीसाधन खरिद गरेको आरोप छ।

विद्यालयको रकम हिनामिना गरेको भनी सीआईबीमा उजुरी परेको थियो। सीआईबीको टोलीले असार १२ गते उनलाई बुढानीलकण्ठ -६, गणेशचोकबाट पक्राउ गरेको थियो।