कांग्रेस इतर पक्षले राष्ट्रिय भेलाबारे सोमबार निर्णय गर्ने


काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले चुनदेवीमा स्थापना भएको सम्पर्क कार्यालयबाटै कामकारबाही अगाडि बढाउने निर्णय भएको इतर पक्षका नेताहरुले बताएका छन्।

अब पार्टीको १५औँ महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफल र बैठकहरू त्यहीँ बस्ने जनाइएको छ । त्यहीँबाट सम्पर्क, सम्बन्ध र सङ्गठन विस्तारका कुराहरू अगाडि बढ्ने जनकारी दिइएको छ । इतर पक्षको बैठक सोमबार पनि बस्ने जनाइएको छ । सोमबार चुनदेवीमा बस्ने बैठकबाट राष्ट्रिय भेलाबारे निर्णय गर्ने नेताहरुले बताएका छन्।