यस्ता छन् भुटानी शरणार्थी नेता रिजालमाथी ठहर भएका चार कसुर


काठमाडौं, असार २३ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई चारवटा मुद्दामा दोषी ठहर गरेको छ।

उनलाई शरणार्थी परिचयपत्रमा किर्ते गरेको भन्दै सरकारी लिखत किर्ते सम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ। त्यस्तै, ठगी तथा संगठित अपराधमा मतियार बनेको भनेर पनि दोषी करार गरिएको छ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा ठगी तथा संगठित अपराधको मतियार भएकाले राज्यविरूद्धको अपराधमा पनि अदालतले उनलाई मतियारको रूपमा दोषी ठहर गरेको छ। यसबाहेक उनी एकीकृत कसुर गरेकामा पनि दोषी ठहर भएका छन्।