मलङ्गवा । देशमा आत्मदाह र आत्मदाह प्रयासका शृङ्खलाबद्ध घटना थपिने क्रम रोकिएको छैन । यसैबीच, सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
अवस्था गम्भीर भएकाले तत्काल थप उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर बोलाएको प्रहरीले जनाएको छ ।
मण्डलले कुन बाध्यता वा कारणले गर्दा आफ्नो शरीरमा आगो लगाए भन्ने यकिन हुन बाँकी छ ।



प्रतिक्रिया