काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । उनी प्राधिकरणकै निर्देशक एवं निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए ।
घिमिरेको आजै सञ्चार मन्त्रालयमा शपथको तयारी गरिएको स्रोतले बतायो । यसअघि सरकारले ल्याएको अध्यादेशबाट भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए ।



प्रतिक्रिया