रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सांसद तथा पूर्वमेयरहरूको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने बताएका छन् ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले प्रधानमन्त्री बालेन शाहप्रति सङ्केत गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा बताए । जनतालाई त्रसित बनाउने शैलीमा शासन सञ्चालन गर्न नहुने भन्दै उनले लोकतान्त्रिक प्रणालीमा विधिको शासन स्थापित हुनुपर्नेमा जोड दिए ।
शाहीले वर्तमान सरकारले सम्पत्ति छानबिनका नाममा विपक्षीमाथि मात्रै कारबाही गर्न खोजेको आरोप लगाए । ‘सम्पत्ति छानबिन गर्ने हो भने सबैको गर्नुपर्छ। आफ्नै सम्पत्ति नहेरी अरूको मात्रै छानबिन गर्नु गलत हो। पहिला सरकार आफैंबाट सुरु गर्नुपर्छ’, उनले भने ।
काठमाडौँ महानगरको मेयरले प्रदेश सरकारका मन्त्री र सांसदभन्दा धेरै ठूलो बजेट सञ्चालन गर्ने बताउँदै पूर्वमेयरहरूको सम्पत्तिसमेत छानबिन हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया