काठमाडौं, असार २९ । विभिन्न सञ्चारगृहको गेटमा जथाभावी शंकास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। प्रहरीले ती सवारीसाधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै प्रचलित कानुनबमोजिम कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारीसाधनलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिनेछ।”
यस घटनालाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसले पनि राजनीतिक दलका नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने बताएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पनि सञ्चारगृहमा शंकास्पद सवारी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न माग गरको छ ।



प्रतिक्रिया