काठमाडौं, असार ३० । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।
यसअघि गत बिहीबार राहदानी बिभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार निधन भएको थियो भने गत शनिबार आत्मदाहको प्रयास गरेका काठमाडौं बुद्धनगरका अस्विन बस्नेतको सोही दिन निधन भएको थियो ।



प्रतिक्रिया