उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न मंगलबार दिउँसो ३:३० बजे त्यसतर्फ प्रस्थान गर्दै छन् ।

तीन दिने औपचारिक भ्रमणका क्रममा कतार जान लागेका उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक सन्देश कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसमेत सहभागी छन् । उपराष्ट्रपति यादव असार ३२ गते स्वदेश फर्कने तालिका रहेको छ ।