सिंहदरबार अगाडि प्रदर्शन गरेकाे भन्दै प्रहरीले गरे ६ जनालाई पक्राउ


काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन् ।

बुधबार बिहान राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष दिपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा, सिरिस बुढाथोकीलाई पक्राउ गरेको अनेरास्ववियुले जनाएको छ ।