सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन


काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भइरहेका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात जानुपरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।

सरकारले उनीहरूलाई हटाएर ‘आउटसोर्सिङ’ बाट कर्मचारी पूर्ति गर्ने तयारी गरेको छ ।