सञ्चारगृहमा गाडी राख्ने कामप्रति आपत्ति जनाउँदै झाले भने-‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर आवागमन अवरुद्ध गर्ने कार्यको विरोध गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो गतिविधि गलत भएको उल्लेख गर्दै यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनले लेखेका छन् ।

उनले यस्ता गतिविधि ‘स्तरहीन र गलत प्रयोग’ भएको टिप्पणी गरेका छन् ।  ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले भनेका छन् ।