सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदा गयाे ९ जनाको ज्यान


काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जनाको ज्यान गएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण उनीहरुले ज्यान गुमाउनुपरेको आरोप लगााइन् ।

उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी गराइन्ु ।