दोहा । उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच दोहास्थित लुसेल प्यालेसमा बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट शोक र समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहेका छन्।
भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरे।
साथै उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदना पत्र हस्तान्तरण गरे।



प्रतिक्रिया