श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु


कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।