काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसहित नेताहरूसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा करिब एक घन्टा छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री शाह र उनका प्रमुख सल्लाहकार कुमार बेन तथा मुख्य स्वकीय सचिव सुवास शर्मा थिए भने राप्रपाबाट अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए।
संविधान संशोधन, रासायनिक मल अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमालगाातयका विषयमा छलफल भएको सांसद ओलीले बताइन् । राप्रपाले आफूहरूले उठान गर्दै आएको राजसंस्था, हिन्दु राष्ट्र, संघीयता खारेजीजस्ता विषय पनि संविधान संशोधन बहस पत्रसम्बन्धी प्रतिवेदनमा आउनुपर्ने विषयमा चासो राखेको थियो।
जबाफमा प्रधानमन्त्री शाहले सल्लाहकारसमेत रहेका असिम शाह नेतृत्वको कार्यदलले यसबारे प्रतिवेदन तयार गरेर बुझाउने बताएका थिए। कार्यदलले संविधानविद् र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग यसबारे छलफलसमेत गरेको थियो।
खेतीको मुख्य याममा नै रासायनिक मल अभाव रहेको कुरा पनि राप्रपा नेताहरूले उठान गरेपछि प्रधानमन्त्री शाहले मल अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको बताए ।



प्रतिक्रिया