काठमाडौं, साउन ४ । फ्रान्सका कप्तान तथा स्टार फरवार्ड किलियन एम्बाप्पेले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
सन् २०२६ फिफा विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पे विश्वकप फुटबलको इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका हुन्। उनले यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा पनि ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका थिए। लगातार दुई संस्करणमा गोल्डेन बुट जित्दै एम्बाप्पेले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
२७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका थिए । एकै संस्करणमा फ्रान्सका जस्ट फोन्तेनले सन् १९५८ मा १३ तथा हंगेरीका सान्दोर कोचिसले सन् १९५४ मा ११ गोल गरेका थिए ।
एम्बाप्पे पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनको नाममा अहिले २२ गोल पुगेका छन् । जुन मेसीको भन्दा एक गोल बढी हो । लगातार तीन विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै एम्बाप्पे आधुनिक फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक बन्ने दौडमा बलियो दाबेदार बनेका छन्।




प्रतिक्रिया