काठमाडौं, साउन ४ । अर्जेन्टिनालाई हराएर विश्वकप जितेको स्पेनले व्यक्तिगत अवार्डमा पनि वर्चस्व जमाएको छ । गोल्डेन बुटबाहेक अरु अवार्ड स्पेनका खेलाडिले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बल स्पेनका मिडफिल्डर रोड्रीले जिते।
यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ स्पेनका उनाइ सिमोनले हात पारे । प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित हुँदै पाउ कुबार्सीले बेस्ट यङ प्लेयर अवार्ड जिते। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले प्रतियोगिताभर सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जिते ।
फिफा विश्वकप २०२६ का प्रमुख व्यक्तिगत अवार्ड विजेता:
-गोल्डेन बल (प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी): रोड्री (स्पेन)
-गोल्डेन बुट (सर्वाधिक गोलकर्ता): किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल
-गोल्डेन ग्लोभ (उत्कृष्ट गोलरक्षक): उनाइ सिमोन (स्पेन)
-उत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर): पाउ कुबार्सी (स्पेन)




प्रतिक्रिया