काठमाडौँ । बाजुराको हिमाली गाउँपालिकामा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हिमाली गाउँपालिका–५ को क्युडीबाट कोटीगाउँतर्फ जाँदै गरेको सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार माथिल्लो घुम्तीबाट अनियन्त्रित भएको जिप सडकभन्दा करिब १० मिटर तल अर्को घुम्तीमा खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उद्धार गरी थप उपचारका लागि अस्पताल लगिएको छ ।
घाइते हुनेमा चालक जनविर बुढा, स्थानीय धर्मलाल बुढा, मिजरा बुढा, अम्मरसिंह बुढा, अस्मिता थापा, जंगसिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा, सुष बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




प्रतिक्रिया