अभियानको निरन्तरको खबरदारीपछि बालेनले फिर्ता लिए विवादित कर

File Photo

काठमाडौँ । ‘शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ’ भन्दै निरन्तर आवाज उठाउँदै आएका चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाको कडा अडान र तीव्र दबाबका कारण सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर तत्कालका लागि हटाएको छ ।

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत ‘समता कर’ थपेर जनतालाई मारमा पार्न खोजेको भन्दै धमला नेतृत्वको स्वतन्त्र नागरिक अभियानले शुरुदेखि नै कडा शब्दमा विरोध जनाउँदै आएको थियो । जेठ १५ गते बजेट भाषण सार्वजनिक भएलगत्तै धमलाले शिक्षा र स्वास्थ्यमा कर थोपर्न नहुने अभिव्यक्ति दिएका दिए । उनले सार्वजनिक मञ्चहरुबाट पटक–पटक शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने अडान दोहोर्याउँदै आएका थिए ।
पछिल्लो समय स्वतन्त्र नागरिक अभियानले सरकारलाई दिएको चेतावनी र चौतर्फी दबाबपछि बालेन सरकारले उक्त कर तत्कालका लागि लागू नगर्ने औपचारिक घोषणा गरेको हो।

शुरुमा दुर्गमका नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने बहानामा ल्याइएको भए पनि धमलाको अभियानले यसलाई ‘नागरिकमाथिको बज्रपात’ भन्दै सशक्त प्रतिवाद गरेको थियो।
अभियानको निरन्तरको खबरदारी र दबाबकै कारण आज आम नेपाली नागरिक थप महँगी र आर्थिक बोझबाट जोगिएका छन् भने शिक्षा र स्वास्थ्य क्षेत्रमा धमला र स्वतन्त्र नागरिक अभियानको यो पहलको चौतर्फी प्रशंसा भइरहेको छ।