काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनाराबाट विस्थापित सुकुम्वासीलाई आफ्नै स्थायी ठेगाना भएको जिल्लामा फर्कन सरकारले अनुरोध गरेको छ । सरकारले उनीहरूलाई आ–आफ्ना पालिकामा सम्पर्कमा जान सूचना जारी गरिएको हो ।
सरकारले अतिक्रमित संरचनामा डोजर चलाउने क्रममा विस्थापित भूमिहिन, अव्यवस्थित तथा सुकुम्वासीमध्ये पहिलो चरणमा विभिन्न सरकारी होल्डिङ सेन्टरमा राखिएको थियो । त्यहाँ रहेका ३८८ परिवारका १ हजार ४८८ जनाको सम्पत्ति छानबिन गरेको थियो ।
त्यसमध्ये कतै पनि सम्पत्ति फेला नपरेको २९ जनाको सूची प्रकाशित गर्दै ‘भूमी समस्या समाधान समिति’ले आफ्नो स्थायी ठेगाना भएका जिल्लाका पालिकामा सम्पर्क गर्न भनेको छ ।
भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयको असार २९ को निर्णयअनुसार समितिले यस्तो सूचना प्रकाशित गरिएको उल्लेख छ ।






प्रतिक्रिया