संयुक्त राष्ट्रसङ्घ १४ साउन । संयुक्त राष्ट्रसङ्का दुई जना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अघाडी बडाउन आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कङ्गोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरुसँग भर्चुअल साक्षातकार गर्दै यस्तो अपिल गरेको जनाइएको छ ।
इबोला सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कङ्गोमा ५० जनाको मृत्यु भएको जनाइएको छ भने नयाँ सङ्क्रमणहरुको सङ्ख्या द्रुत रूपमा बढिरहेको र प्रत्येक २० दिनमा दोब्बर हुँदै गइरहेको जनाइएको छ । यो वृद्धि रोगको नियन्त्रण प्रक्रियामा भएको वृद्धि भन्दा धेरै छिटो र उच्च स्तरको वृद्धि भएको जनाइएको छ । सङ्क्रमणको उच्च वृद्धिले महामारी नियन्त्रण प्रतिक्रिया बिचको अन्तर फराकिलो हुँदै गइरहेको हार्नेसले उल्लेख गरेका छन् ।
स्काउले डीआरसीमा इबोला प्रकोप अहिले सम्मकै सबै भन्दा तीव्र गतिमा बढिरहेको इबोला सङ्कट भएको समेत उल्लेख गरेको छ । तुलनात्म रुपमा हेर्दा विगत दुई महिनामा कङ्गोमा एक हजार जनाको मृत्यु भएको छ भने पश्चिम अफ्रिकामा यस अघि इबोला प्रकोप फैलिदा आठ महिनामा एक हजार मानिसहरूको मृत्यु भएको थियो ।
पूर्वी कङ्गोमा लामो समय देखि चलिरहेको द्वन्द्वले लगभग एक करोड मानिसहरूलाई संकट वा खाद्य असुरक्षाको आपतकालीन स्तरमा धकेलेको जनाइएको छ । इटुरी–इबोला प्रकोपको केन्द्रबिन्दु तथा सबै भन्दा बढी प्रभावित क्षेत्र हो जहाँ लगभग दुई लाख मानिसहरूलाई खाद्यान्न सहयोग तत्काल आश्यक रहेको स्काउटले बताएको छ ।
थप कोष, आपूर्ति, चिकित्सा टोली र आवश्यक पर्नेहरू सम्म पुग्न पहुँचका साथ प्रतिक्रिया तुरुन्तै बढाउनु पर्ने हार्नेसले बताउनु भएको छ । उनले राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई आफ्नो सिमानाहरू खुला राख्न आह्वान गर्दै यसो गर्नाले इबोला प्रतिक्रिया नियन्त्रणका लागि विज्ञ व्यक्तीहरु कङ्गोमा यात्रा गर्न सक्ने र आपूर्ति छिटो र स्वतन्त्र रूपमा गर्न सक्षमता बढ्ने जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका अधिकारीहरूले कोषको तत्काल आवश्यकतालाई पनि प्रकाश पारेका छन् ।
कङ्गोका लागि संयुक्त राष्ट्र मानवीय प्रतिक्रिया योजना अन्तरगत दुई अरब दश करोड अमेरिकी डलर चाहिने जनाइएको छ भने प्रकोप नियन्त्रणका लागि स्काउटले डब्लूएफपीलाई सात करोड ६० लाख अमेरिकी डलर चाहिने जनाइएको छ । रासस




प्रतिक्रिया