कल्याणपुरमा साामाजिक सद्भाव कायम गर्ने प्रयास


जनकपुरधाम, १५ साउन । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव ¥याली निकालिएको छ ।

प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको ¥यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो । ¥यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

¥यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा देखिएका गतिविधिप्रति सचेत रहँदै समाजमा सद्भाव र शान्तिको सन्देश फैलाउने उद्देश्यले ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

¥यालीपछि आयोजित कार्यक्रमा सांसद साहले विभिन्न धार्मिक समुदायबीचको एकता नै नेपाली समाजको एकताको बलियो आधार भएकाले सबैलाई संयम र सहकार्य गरी अघि बढन आह्वान गरे । उनले सामाजिक सद्भाव कायम राख्न नागरिक, समुदायका अगुवा र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।